भदौ १५, काठमाडौं ।काठमाडौं महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यकाे काेराेनाकाे रिपोर्ट पाेजेटिभ आएकाे छ । उहाँ हाेम आइसाेलेसनमा निजी निवास काठमाडौं महानगरपालिका वडा-२१ लगनटाेलमा हुन्नुहुन्छ ।
नगर प्रमुखमा कुनै लक्षण देखिएको छैन । उहाँसगै उहाँको धर्मपत्नी सुचिता शाक्यकाे पनि टेष्ट गरेकाेमा उहाको रिपोर्ट नेगेटिभ आएकाे छ । मेयर शाक्यले आफ्नाे सम्पर्कमा रहनुभएका र कुनै लक्षण देखिएमा टेष्ट गर्न आग्रह गर्नुभएको छ।