• २०८१ असार ९ गते शनिवार

नेपाल महिला संघ केन्द्रीय सदस्य दानीद्धारा बाढी पिडितका लागी स्कुल ड्रेस सहयोग

राजेन्द्र बहादुर रोकाया पढ्न लाग्ने समय : १ मिनेट

भदौ १५ , बाजुरा । नेपाल महिला संघ केन्द्रीय सदस्य जुना दानीले श्रावण २५ गते राती आएको बाढीले क्षेती गरेका स्थानका बालबालिकाका लागी स्कुल ड्रेस सहयोग गर्नुभएको छ । आफ्नै ब्यक्तिगत सहयोगमा गौमुल गाउँपालिकाका वडा नम्बर २ अजेटोट्कीका २३ बालबालिकाको लागी स्कुल ड्रेस सहयोग गरेको महिला संघ केन्द्रिय सदस्य तथा महाधिबेशन प्रतिनिधी जुना दानीले बताउनुभएको छ ।

जनताको दुःख बुझेर पिडित परिवारका बालबालिकाका लागी आफुले स्कुल ड्रेस सहयोग रेको दानीको भनाई छ । केन्द्रिय सदस्य दानीका अनुसार आफु सधै जनताको सुख दुःखमा रहेको र आथामी दिनमा समेत जनताको साथमा रहि काम गर्ने बताउनुभयो । बाढी पिडित परिवारका लागी स्कुल ड्रेस सहयोग गरेकोमा नेपाली काँग्रेस गौमुल गाउँ कार्यसमितीका सचिव गणेश थापाले धन्यवाद दिनुभएको छ । सचिव थापाका अनुसार आज २३ बालबालिकाका लागी उक्त स्कुल ड्रेस सहयोग गरेको र स्कुल संचालन हुने बित्तिकै सम्बन्धीत स्थानमै गएर हस्तान्तरण गर्ने बताउनुभयो ।

उक्त स्कुल डे्रस नेपाली काँग्रेस गौमुल गाउँ र्कासमितीका उप सभापती देबबहादुर रोकाया र सचिव गणेश थापालाई महिला संघ केन्द्रिय सदस्य तथा नेपाली काँग्रेस महाधिबेशन प्रतिनिधी जुना दानीले २३ जना बालबालिकाको लागी स्कुल ड्रेस हस्तान्तरण गर्नुभएको छ

प्रतिक्रिया दिनुहोस