• २०८१ माघ ११ गते शुक्रवार

नेपाली काँग्रेस बाजुराका सभापती तुईन चढेर बाढी पिडितको दैलोमा

राजेन्द्र बहादुर रोकाया पढ्न लाग्ने समय : २ मिनेट

भदौ १५, बाजुरा । श्रावण २५ गते राती आएको बाढीले सम्पर्क बिक्षेद भएका क्षेत्रमा नेपाली काँग्रेस बाजुराका पार्टी सभापती कविराज पण्डित बाढी पिडितको घर दैलोमा पुग्नुभएको छ ।

नेपाली काँग्रेसको धर्म भनेको जनताको सुख दुःखमा साथ दिने भएकाले आफु बाढी पिडितको घर दैलोमा पुगेको सभापती पण्तिले बताउनुभयो । नेपाली काँग्रेसले दुःखमा परेका जनताको घाउँमा मलम लगाउन र जनताको समस्या बुझ्न आफुले बाढी पहिरो पिडित संग भेटघाट गरेको बताउनुभयो ।

पहिलो पटक तुईनको यात्रा गर्दै पार्टी सभापति पण्डित सहितको टोली गौमुल गाउँपालिका २ को अजेटोट्की लगाएतका बाढी पहिरो प्रभावित क्षेत्रमा पुग्नुभएको थियो ।

पार्टी सभापति पण्डितले बाढी पिडितका घर दैलोमा पुग्दै नपाली काँग्रेस जहिले पनी जनताको साथमा रहेको बताउनुभयो । जनताको सुख दुःखको सारथी भनेको नेपाली काँग्रेस मात्र रहेको बताउनुभएको छ । सभापती पण्डितले भन्नुभयो अहिलेको दुई तिहाईको सरकाले जनतालाई खोक्रो आश्वासन मात्रै दिने गरेको बताउनुभएको छ ।

सरकारले राहत बितरणमा समेत सौतेनी ब्यवाहार गरेको सभापति पण्डितको भनाई रहेको छ । बाढी पिडितको समस्या बुझ्न संघिय सरकारका गृहमन्त्रीको टोली बाजुरा पुग्दा गौमुल गाउँपालिकाको सिममा हेलिकप्टर मार्फत राहत बितरण गर्दा सोही वडाको अजेटोट्कीको समस्या सरकाले नदेखेको बताउनुधयो ।

नेपाली काँग्रेस सधै जनताको घर दैलोमा रहने र गुनासाको सम्बोधनको प्रयास गर्ने नेपाली काँग्रेस बाजुराका पुर्व पार्टी सचिव एबम् संगठन बिभाग प्रमुख धनराज पण्डितले बताउनुभयो ।

उहाँले भन्नुभयो आफुले कुनै दुःख नमानी जनताको साथमा रहने बताउनुभयो । अहिलेको सरकारले जनताको दुःखमा पनी आफ्ना अर्काको स्थानीय भन्दै राहत बितरणमा बिभेद गरेको बताउनुभयो ।

गौमुल गाउँपािलकाको उपाध्यक्षमा आफु पराजय भएपनि आफु सधै जनताको साथमा रहेको नेपाली काँग्रेस जिल्ला कार्य समिती सदस्य उमा रोकायाले बताउनुभयो । जनताको घरदैलोमा रहेर आफु सधै जनताको सेवक भएर काम गर्न रोकायाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस