भदौ १५, काठमाडौँ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ११ हजार १ सय २३ वटा स्वाब परीक्षण गर्दा आज ८ सय ९९ जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार आज ५८८डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २१ हजार ४ सय १० जना रहेको छ । आज ७ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या २ सय २८ जना पुगेको छ ।