भाद्र १५ ,काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले उपत्यका वरिपरी पाँच लाख पर्यटक बस्न मिल्ने गरी पर्यटन पूर्वाधार तयार गर्न नेपाल पर्यटन बोर्डलाई निर्देशन दिएका छन् ।
आज मन्त्रालयमा पर्यटन बोर्डका निर्देशकहरुसँगको छलफलमा मन्त्री भट्टराईले सार्वजनिक विदाको दिनमा उपत्यका वरिपरी पाँच लाख पर्यटक अट्ने गरी पर्यटन पूर्वाधार पदमार्ग, साइकलिङ, ट्रेल पर्यटन उपजको सम्भावनाको अध्ययन गरी मन्त्रालयमा प्रतिवेदन पेश गर्न निर्देशन दिएका हुन् ।
मन्त्री भट्टराईले पर्यटन बोर्डलाई सातवटा भाषा नेपाली,हिन्दी, चाईनिज अरवी पोर्चुगल र स्पेनिस भाषामा डिजिटल सामाग्री तयार गर्न आग्रह गरे । मन्त्री भट्टराईले अनावश्यक खर्च कटौती गरी आर्थिक मितब्ययिता कायम गर्न निर्देशन दिएको उनको सचिवालयले जनाएको छ । विदेश तथा स्वदेशमा हुने भ्रमण खर्चमा कटौती गर्न निर्देशन दिएको सचिवालयको भनाइ छ ।
मन्त्री भट्टराई अहिलेको खोज अनुसन्धान, योजना निर्माण रिर्पोट तथा पर्यटकिय क्षेत्रका बृत्त चित्र लगायत सामाग्रीहरु प्रकाशन तथा प्रशारण गर्न आग्रह गरे । मन्त्री भट्टराई नेपालमा स्वास्थ्य, शिक्षा,खेलकुद पर्यटनको संभावनाका बारेमा अध्ययन अनुसन्धान गर्न आग्रह गरेका छन ।