• २०८१ असार ९ गते शनिवार

भारतीय गृहमन्त्री अस्पतालबाट डिस्चार्ज

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १५ , मुम्वई । भारतका केन्द्रीय गृहमन्त्री अमित शाह सोमबार अस्पतालबाट डिस्चार्ज भएका छन् । ५५ वर्षका शाहलाई १८ अगस्टमा पोस्ट कोभिड केयरका लागि भर्ना गरिएको थियो । गृहमन्त्रीलाई अगस्ट २ मा कोरोनाको संक्रमण देखिएको थियो ।

उनको कोरोनाको उपचार मेदान्त अस्पतालमा भएको थियो भने १४ अगस्टमा कोरोना रिपोर्ट नेगेटिभ आएपछि उनी मेन्दान्तबाट डिस्चार्ज भएर एम्समा भर्ना भएका थिए । कोरोना पुष्टि हुनुअघि उनलाई शरीर दुख्ने, थकान र रिंगटा लाग्ने समस्या देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस