भदौ १५, मुगु । कर्णालीका हिमाली तिन जिल्लामा पछिल्लो समय खाद्यान्नको अभाव सुरु भएको छ । विकास र सडक सञ्जाल सँग नजोडिएका कर्णालीका केही जिल्ला डोल्पा , हुम्ला र मुगुमा यति बेला खाद्यन्नको अभाव सुरु भएको यहाका जानकारहरुले बताएका छन् ।
नेपाल खाद्य संस्थान व्यापार कम्पनि लिमिटेडमा रहेका खाद्यान्न गोदामहरुमा चामल नहुदा यति बेला यि जिल्लामा खाद्यान्न अभावको सुरु भएको हो । खाद्य व्यापार कम्पनिमा रहेका खाद्यान्न गोदामहर रित्तिन थाले पछि यहाका स्थानीय सरकार , प्रदेश सरकारले र अन्य सम्बन्धित सँघ संस्थाले समयमै खाद्यान्नको विषयमा चाँसो नराख्दा अहिले कर्णालीका यि जिल्लामा खाद्यान्न अभाव रहेको पाईएको छ ।
जसमा माथिल्लो डोल्पाका ३ गाउपालिकामा हाल खाद्यान्न अभाव रहेको जनाईएको छ । माथिल्ला डोल्पाका छार्काताङसोङ गाउपालिका , शेफोक्सुन्डो गाउपालिका , र डोल्पो बुद्ध गाउपालिकामा खाद्यान्न अभाव रहेको प्रमुख जिल्ला अधिकारी सुरेस सुनार जानकारी दिए । अत्यधिक चिसो मौसम भएकाले माथिल्लो डोल्पामा खाद्यान्न उत्पादन कम हुन्छ । खाद्य डिपोमा ५२ रुपैयाँ प्रतिकिलो पाइने चामल पनि बजारमा ८० रुपैयाँमा किन्नुपरेको स्थानीयको गुनासो छ । हिउँदयाममा चिसोका कारण माथिल्लो डोल्पामा केही काम गरिँदैन । उनका अनुसार हाल सदरमुकाम दुनै बजारमा रहेको खाद्य संस्थानमा ४ हजार क्वीन्टल मात्र खाद्यान्न स्टोक रहेको बताए ।
तिब्बत सँग सिमा जोडिएका यि तिन गाउपालिकाका लागि चाईना बाट नै खाद्यान्न निर्यात हुन्छ , हाल विश्व महमारीको रुपमा फैलिरहेको नोवेल कोरोना भाईरस कोभिड १९ ले विश्व नै आक्रान्त भईरहेको अवस्थामा र बन्दाबन्दिका बिच सबै खाद्यान्न निर्यात हुने नाकाहरु बन्द हुदा यति बेला माथिल्लो डोल्पाका बस्तिहरुमा खाद्यान्न अभाव रहेको प्रजिअ सुनारको भनाई रहेको छ ।
यता बाट खाद्यान्न ढुवानी तथा सामानहरु किनबेच गर्न चर्को मुल्य तिरेर खाद्यान्न आपुर्ति गर्ने अवस्था रहेको हुदा चाईना बाट सस्तो मुल्य हालेर ल्याउने गरेका जानकारी गराउनु भयो । प्रजिअ सुनारले भने लकडाउन भए पश्चात खाद्यान्न निर्यात हुने नाकाहरु बन्द हुदा खाद्यान्न आपुर्ति गर्नमा सकस भएको जानकारी दिए ।
त्यस्तै हुम्लाको एक अदानचुली गाउपालिकाको तल्लो र मध्यम भेगका बस्तिहरुमा खाद्यान्न अभावको ठाउमा पुगि सकेको छ ।अन्दाजि ९ हजार जनसंख्या रहेको सो गाउपालिकामा अहिले ४ हजार क्न्विन्टल मात्र माचाल रहेको छ । सो खाद्यान्न पनि बाढि पहिरो जस्ता विपदमा परेको लाई मात्र राहत दिनेमा स्टक राखेका अदानचुलि गाउपालिकाका अध्यक्ष दल बहादुर फडेराले जानकारी दिए । उनका अनुसार सदरमुकाम सिमिकोटमा खाद्यान्न केही मात्रामा रहेको त्यहि खाद्यान्न पनि उत्तै सिद्निे गरेको अध्यक्ष फडेराको भनाई रहेको छ ।
हिमाली जिल्ला मुगुमा सदरमुकाम गमगढी बजार देखि संस्थान सम्म खाद्यान्न अभाव भएको छ । खाद्य संस्थान व्यापार कम्पनि लिमिटेड मुगु जिल्लाको गत आर्थिक वर्षको स्वीकृत कोठा अनुसार गमगढी बजारको लागि १० हजार , पुलु १२ सय क्वीन्टल , सोरुकोट २२ सय क्वीन्टल , खत्याडको राता पानि १२ सय क्वीन्टल , पुन रातापानिको ८ सय क्वीन्टल , त्यस्तै कालै डिपो केन्द्रमा ४२ सय ९९ क्वीन्टल मध्ये १ सय ७१ क्वीन्टल मात्र ढुवानि भई विक्रि वितरण भईसकेको खाद्य व्यवस्था तथा व्यपार कम्पनि लिमिटेड मुगुले जनाएको छ ।
कार्यालयका जिल्लाको खाद्य व्यवस्था तथा व्यपार कम्पनि लिमिटेड अन्तर्गतका सबै डिपो हिजो आज खालि छन भने शाखा कार्यालय गमगढीमा रहेको गोदाममा ५ सय ५० क्वीन्टल मात्र स्टोक रहेको उक्त स्टोक रहेको चामल दैविक प्रकोप पिडित , लगायत अत्यावश्यक कार्यमा मात्र वितरण गरिने खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिठेड शाखा मुगुका कार्यालय प्रमुख कर्णा बहादुर रावलले बताए । मुगुमा खाद्यान्न र निजि पसलमा चालमलको मुल्य आकाशिएको छ । मुगुमा खाद्यान्नको मुल्य १ हजार ६ सय रुपैया रहेको छ भने निजि पसलहरुमा २ हजार माथि सम्म रहेको छायानाथ रारा नगरपालिका वडा नं ४ का स्थानिय खड्क सिहं भामले जानकारी दिए ।