• २०८१ माघ ११ गते शुक्रवार

चितवनको भरतपुर अस्पतालमा कोरोनाबाट थप एक मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भाद्र १५ ,चितवन । चितवनको भरतपुर अस्पतालमा उपचाररत एक पुरुषको कोरोनाबाट मृत्यु भएको छ । अस्पतालको कोभिड–१९ क्लिनिकल टिमका संयोजक डा प्रमोद पौडेलका अनुसार भरतपुर महानगरपालिका–६ का ७८ वर्षीय वृद्धको कोरोना सङ्क्रमणका कारण आज मृत्यु भएको हो ।

भदौ २ गते कोरोना सङ्क्रमण पुष्टि भएका उनलाई सास फेर्न समस्या भएपछि ६ गते उपचारका लागि भरतपुर अस्पतालको कोभिड सघन उपचार कक्षमा भर्ना गरिएको थियो । योसँगै कोरोनाका कारण चितवनमा १३ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस