• २०८१ माघ २६ गते शनिवार

नुवाकोटकि लामा भन्छिन, इराकको जेलमा छु निस्किन पैसा छैन, मलाई सहयोग गर्नुस्

सुबिन बिश्वकर्मा पढ्न लाग्ने समय : २ मिनेट

भदौ १५ ,सुनसरी । यतिबेला नेपालका अधिकांश युवायुवतीहरुका लागि बिदेश नखाउ भने दिनभरको सिकार, खाउ भने कान्छा बाउको अनुहारझ जस्तै भएको छ । बाच्नको लागि पैसा चाहिन्छ, रोजगारीको अवसर चाहिन्छ । जुन आफ्नो देशमा पाइदैन तर फरिे बिदेश सबैको लागि संञ्जिवनी बुटी साबित हुन ।  सक्दैन नेपालका अधिकांश मध्यम बर्गिय परिवारको सन्तान उमेर पुगेपछि बिदेश जान्छ । कामको शिलशिलामा, पढाइको लागि या अन्य कुनै कारणले करिब ७० लाख युवा बिदेशिएका छन् । तिनै युवाको पसिना र त्यही पसिनाको कमाइबाट प्राप्त हुने रेमिट्यान्सले देश धानेको छ भन्दा फरक नपर्ला ।

जन्मदिने बुबाआमा, भर्खर बिबाह गरेको जीवनसाथी, त्यो प्राणभन्दा प्यारो लाग्ने सन्तान र आफ्नो देश छोडेर अरुको देशमा गएर काम गर्नु धेरैको लागि अभिशाप बनेको छ । बिदेशमा गएर धेरैले कमाई गरे होलान तर धेरैले दुख पाए । आफ्नो सबै सपनाहरू बिदेशको ५० डिग्री घामसँगै समुन्द्रमा बलि चडाइदिए र, कत्तिले त बिनागल्ती मृत्युदण्डको सजाय समेत भोगे र आफ्नो अस्तित्व सधैको लागि गुमाए । जब बिनागल्ती आफ्नो कोहि नभएको त्यो बिरानो मुलुकमा सजाय भोग्नुपर्ने अबस्था आउँछ भने त्यो बेला कस्तो हुन्छ होलारु निश्चय नै, घरको याद आउदो हो, देशको याद आउदो हो अनि घर जाने औडाहा हुदो हो । यतिबेला यस्तै भएको छ, नुवाकोटकि सिबानी लामालाई

।नुवाकोट म्यागङ गाउँपालिका वडा नम्बर ४ कि सिबानी लामा २०७३ सालमा कुर्दिस्तान गएकी थिईन । केही बर्ष दुखसुख जीवन चलाउदै गरेकी सिबानीलाई कम्पनीले बग्दादको भसरामा काम लगाएको थियो । तर उनी बिगत ७र८ महिना देखि परिवारसँग सम्पर्क बिहिन भएको सिबानीको दिदी मनकुमारी तामाङले म्यागङ गाउँपालिकामा खोज तलासका लागि दिएको निवेदनमा उल्लेख गरिएको छ ।

गाउपालिकामा दिइएको सोही निवेदन अनुसार खोजी गर्दा सिबानी काम गर्ने ठाउँमा काम गाह्रो भएर कम्पनीबाट भागेर जादै गर्दा बिच बाटोमा त्यहाँको स्थानीय प्रहरीले पक्राउ गरेको नेपाल तामाङ घेदुङ कुर्दिस्तानका अध्यक्ष इराक च्याङ्बा लामाले जनाएका छन् । उनका अनुसार सिबानीलाई काम गर्ने घरमालिकले चोर दोष लगाएर थुनाएकी थिइन । तर पछि सिबानीसंगै काम गर्ने साथीले कम्पनीलाई खबर गरेर कम्पनीले सोधपुछ गर्दा कम्पनीलाई ३५०० डलर खर्च लाग्छ भनिएको छ । यता सिबानीको परिवारीको आर्थिक अबस्था नाजुक भएकोले उक्त रकम जुटाउन नसकेपछी सिबानी लामाको परिवारले सहयोगका लागि सम्पुर्ण परिवारलाई अपिल गरिरहेको सिबानिको दिदी मनकुमारी बताउछिन् ।

त्यस्तै, इराकमा भएका संघसंस्थालाई उद्वार गरिदिनु अनुरोध गर्दै आर्थिक स्रोत जुटाउनमा समेत नेपाल तामाङ घेदुङ कुर्दिस्तानले सहयोग गर्दै आएको अध्यक्ष च्याङ्बा लामा बताउँछन् ।

प्रतिक्रिया दिनुहोस