यो जिन्दगी कत्न टुङ्गिन्छ केही भर छैन,
आउँने कालको ता कसै लाई खबर छैन।
जन्मेपछी लाउँन खानलाई दाश बन्नेको,
आफ्नो नामको बारी छैन बस्ने घर छैन।
आँखा रसाउँछ कयौँ कलिलै मरेर जाँदा,
ज्वाला बोल्छ मुटुमा खुसिको अदर छैन।
खै भाभीले कुनरुख लिने होला के थाह,
मलाई त परदेशमा बस्ने कत्ति रहर छैन।
बाँचिको जिवन तितो लाग्न थालिसक्यो,
कालको आफुलाई अबत कत्ती डर छैन।
न हिँड युवाहरु परदेश बाँच आफ्नै देश,
आर्काको गुलामी गर्ने सदै भरी कर छैन।