कम्युनिष्ट भन्छन बर्गशंघर्ष को बाटो छोडेर,
क्रान्तिकारी आन्दोलन पुँजीबाद तर्फ मोडेर।
के दिन देख्नु पय्रो यस्तो बुढेशकालमा पनि,
रातो झण्डा हँसिया घन को दौशाला ओडेर।
म पनि अरु जस्तै मज्दुर क्रान्ति गर्ने मनहुँदा,
ढुक्कै थिएँ बुजुर्वा ब्यबस्थानै फाल्छन गोडेर।
भन्थे बुढा पुराना ले क्रान्ति हुँन्न चर्का नाराले,
आफुले उनै सँग हिँडियो नाता संबन्ध तोडेर।
छाडियो सानैबाट बुजुर्वा सँस्कार रिती थीति,
क्रान्तिकारी आन्दोलन सँग नयाँ नाता जोडेर।