भदौ १५,काठमाडौं । न्युजिल्याण्डको सबैभन्दा ठूलो सहर अक्ल्याण्डमा लकडाउन हटेपछि सोमबारदेखि स्कूल र व्यवसायहरु सञ्चालनमा आएका छन् । सय दिनसम्म कोरोनामुक्त रहेको न्युजिल्याण्डमा पुनः भाइरसको संक्रमण देखिएपछि लकडाउन गरिएको थियो । अहिले लकडाउन हटेपनि सार्वजनिक यातायातमा मास्क अनिवार्य गरिएको छ ।
प्रधानमन्त्री जसिन्डा आड्र्रेनले आइतबार अक्ल्याण्डमा लागू गरिएका प्रतिबन्धरु खुकुलो गरिएको घोषणा गरिन् । तर, सार्वजनिक यातायातमा भने मास्कलाई अनिवार्य गरिएको जानकारी दिइन् । विद्यालयहरु खुले पनि सर्वाजनिक समारोहमा प्रतिबन्ध कायम राखिएको छ । देशको अन्य भागमा भने लेभर २ को अलर्ट राखिएको छ ।सामाजिक दुरीको नियम पालना गर्नुपर्नेछ ।