भदौ १५, दमौली । तनहुँ जिल्लाको भानु नगरपालिका घर भई बन्दीपुरस्थित दुई वटा बैंकमा कार्यरत श्रीमान् र श्रीमतीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।गरिमा विकास बैंकमा कार्यरत श्रीमती र ग्लोबल आइएमई बैंकमा कार्यरत श्रीमानमा कोरोना पुष्टि भएपछि बन्दीपुर गाउँपालिकाले दुवै बैंक तत्कालका लागि बन्द गर्न निर्देशन दिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिएका छन् ।
भानु नगरपालिकामा आइतबार थपिएका २२ कोरोना संक्रमितमध्ये उनीहरू पनि छन् ।