• २०८१ माघ ११ गते शुक्रवार

विप्लव समूहका इन्चार्जसहित १० भन्दा बढी नेता पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

श्रावण १६, रुपन्देही । विप्लव समूहका रुपन्देही इन्चार्ज संगम पुनसहित १० भन्दा धेरै नेता कार्यकर्ता पक्राउ परेका छन् । बुटवलको मोतीपुर क्षेत्रबाट विप्लवका जिल्ला इन्चार्ज संगम पुन र नेताहरु विश्वास भट्टराई, नवीन थारु, माधव न्यौपाने, अजमहमद मियालगायतलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

विप्लव निकट एक नेताले जिल्ला इन्चार्जसहित नेता कार्यकर्ता पक्राउ परेको जानकारी दिए पनि रुपन्देही प्रहरी प्रमुख हेमकुमार थापाले केही नेताहरु पक्राउ गरिएको जानकारी दिनुभएको छ भने यकीन विवरण पछि दिइने जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस