साउन १६,विराटनगर । समुदायस्तरमा कोरोना भाइरस संक्रमण देखिएपछि महानगरपालिकाले लकडाउन गर्ने निर्णय गरेको मेयर भीम पराजुलीले जानकारी दिए । कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टरको शुक्रबारको बैठकले कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागि लकडाउन गर्नुको विकल्प नभएको निष्कर्ष निकालेको हो । लकडाउन शुक्रबार राति १२ बजेदेखि हुनेछ ।
महानगरभित्र एक सय जना भन्दा बढी संक्रमित फेला परिसकेका छन् । त्यसैले अत्यावश्यक बाहेक अन्य कामका लागि बाहिर निस्कन बन्देज लगाउने निर्णय गरेका हो ।