साउन १६,काठमाडौं । कोभिड १९ का कारण यति बेला अधिकांश खेल स्थलमा खेलकुद गतिविधि हुन सकेका छैनन् । लकडाउन सुरु भएदेखिको चार महिनामा रंगशालामा खेलकुदका कुनै पनि गतिविधि भएका छैनन् । खेलकुद परिषदको कभर्डहलमा बिहानी सत्रमा ब्याडमिन्टन खेलाडीले अभ्यास गरिरहेका छन् ।तोकेको कोभिड १९ रोकथामको मापदण्डलाई पूरा गर्दै ब्याडमिन्टन टोलीले अभ्यास गरिहेको छ । तर दिउँसोको समय खाली छ ।
सन् २०२२ मा कतारमा हुने विश्वकप छनोटका लागि नेपालले दशरथ रंगशालामा अस्ट्रेलिया र ताइपेइसँग खेल खेल्नेछ । त्यसका लागि अहिले मैदान मर्मतको काम भइरहेको छ । भदौ १ गते देखी विश्वकप छनोटको अभ्यास हुने भएकाले मैदानमा कुनै कार्यक्रम राखिएको छैन् । भदौ अन्तिम साता राखेपलाई हस्तान्तरण गर्ने गरी खेल मैदान निर्माणको काम भइरहेको छ । खेलस्थल खेलाडीको पर्खाइमा छन् भने खेलाडी अभ्यासका लागि मैदान पुग्न आतुर छन् ।
दशरथ रंगशाला, कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान, एन्फा टेक्निकल सेन्टर र राष्ट्रिय खेलकुद परिषदका कर्भडहल खेलाडीको पर्खाइमा छन् ।