साउन १६,मोरङ। बिहीबार राति करिब ९ बजे बुढीगंगा गाँउपालिका वडा नं। १ करैया वस्तिमा सादा पोशाकमा गएका प्रहरीलाई करिब १ सय ५० जना स्थानीयले आक्रमण गरेका थिए । सोही क्रममा प्रहरीलाई आक्रमण गर्ने ५ जना कारोबारीलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । स्थानीयले आक्रमण थालेपछि प्रहरीले दुई राउण्ड हवाई फायर गरेको थियो ।
सो घटनामा तीन जना प्रहरी घाइते भएका छन् । एक जनाको बुढीगंगा गाँउपालिका स्थित विराट मेडिकल कलेजमा उपचार भइहेरको प्रहरीले जनाएको छ ।पक्राउ पर्नेहरुमा बुढीगंगा गाँउपालिका वडा नं। १ का बलराम ऋषिदेव, विरेन ऋषिदेव, चन्देश्वर ऋषिदेव, देवनारायण ऋषिदेव र महादेव ऋषिदेव रहेका छन् ।