• २०८२ बैशाख ४ गते बिहिवार

प्रहरी हेडक्वार्टरका थप २८ जनामा कोरोना संक्रमण पुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

नक्साल प्रहरी प्रधान कार्यालयमा कार्यरत थप २८ जना प्रहरी अधिकारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।प्रहरी प्रवक्ता एसएसपी कडायतका अनुसार सवारी र सञ्चार शाखामा कार्यरत प्रहरीमा संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा गरिएको स्वाब संकलनको परीक्षणबाट प्रहरी अधिकारीहरुमा संक्रमण पुष्टि भएको हो ।

अहिले सम्म प्रहरी प्रधान कार्यालयका ७२ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने देशभर २५० जना संक्रमित छन् ।

प्रतिक्रिया दिनुहोस