साउन १६,काठमाडौँ। चिनियाँ कम्युनिस्ट पार्टीका महासचिवसमेत रहेका चिनियाँ राष्ट्रपति सी जिनपिङले महान समाजवादी धारलाई अघि बढाउनुपर्नेमा जोड दिएका छन् । चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटी बैठकमा उनले पुस्तौं पुस्तासम्म समाजवादी धारलाई थप बलियो बनाउँदै अघि बढाउनुपर्नेमा जोड दिएका हुन् ।
जिलिन प्रान्तको चाइनिज् पिपुल्स वारको सिपिङ ब्याटल हलमा गरिएको अवलोकन भ्रमणका क्रममा बसेको केन्द्रीय कमिटीको बैठकमा उनले यस विषयमा आफ्नो धारणा राखेका हुन् । उनले विश्वभर सी विचार धारा र २१ औं शताब्दीको समाजवादको प्रबर्द्धन गर्नसमेत ठूलो धनराशि खर्च गरिरहेका छन् । नेपालमासमेत त्रिभूवन विश्वविद्यालयमा सी विचारधारा अध्ययन केन्द्र स्थापना गर्ने जनाइएको छ ।