श्रावण १६, इटहरी । कोरोना संक्रमणबाट वीरगञ्जमा थप एकजनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५५ पुगेको छ । भारत घर भइ हाल वीरगञ्ज–११ श्रीपुर बस्ने ५६ वर्षीय जगदम्बा इन्टर प्राइजेजका प्रमुख कार्यकारी अधिकृतको गएराति मृत्यु भएको नारायणी अस्पतालमा मृत्यु भएको हो ।
उनि मुटुको रोगी रहेका र उनमा कोरोना संक्रमण भएपछि अवस्था गम्भिर बनेको थियो ।तर आईसीयु र भेन्टिलेटरमा राखेर उपचार गर्दा समेत बचाउन नसकिएको अस्पतालले जनाएको छ। उनको साउन ६ गते कोरोना पुष्टि भएको र ७ गते कोभिड अस्पतालमा भर्ना भएका थिए ।