• २०८१ माघ ११ गते शुक्रवार

पाकिस्तानमा ईश्वरनिन्दाका आरोपितलाई अदालतमै गोली हानी हत्या

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन १६,काठमाडौँ। पाकिस्तानको पेसावरमा बुधबार ईश्वरनिन्दाका आरोपित अहमदी समुदायका ताहिर अहमदीलाई मुद्दाको सुनुवाईका क्रममा अदालतमै गोली हानी हत्या गरिएको छ । उनलाई खालिद खानले गोली हानेको खुलेको छ । उच्च सुरक्षाकाबीच उनी कसरी भित्र प्रवेश गरेर अदालतमा प्रवेश गरेर गोली हाने भन्ने खुलेको छैन । गोली हान्ने खानलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

पाकिस्तानमा रहेका ४० लाख अल्पसंख्यक अहमदी समुदायका मानिसहरुले हत्या, धम्की, उत्पीडन र घृणाको सामना गर्नुपरेको छ । उक्त घटनाको मानवअधिकारीवादी संगठनहरुले चर्को निन्दा गरेका छन् । एम्नेस्टी इन्टनेशनलले ट्विट गर्दै भनेको छ, मानसिक असन्तुलन भएका भनिएका ताहिर अहमको हत्या अदालतभित्रै सुनुवाईका क्रममा गरिएको हत्या पाकिस्तानमा ईश्वरनिन्दाको कानुनलाई कसरी दुरुपयोग गरिँदै छ भन्ने अर्को उदाहरण हो ।

प्रोफेसर एम स्माइलले ट्विटर गरेका छन्,पाकिस्तान नर्क भइसक्यो । समाज अत्यधिक असहिष्णु बनिसक्यो । अदालतको कोठाभित्रै ती व्यक्तिलाई मारियो, जसको इश्वरनिन्दाको विषयमा सुनुवाई हुँदैन थियो । हत्याराले भनिरहेको छ कि प्रोफेटले सपनामा आएर ती व्यक्तिलाई मार्न आदेश दिनुभएको हो ।पाकिस्तानको इश्वरनिन्दाको कानुन विवादित भएको र मृत्युदण्डको सजायको प्रावधान राखिएको छ । कसैले पनि भगवानलाई निन्दा गरेमा र अन्य धर्मको भगवानको अपमान गरेको मृत्युदण्ड हुने सजाय गरिएको छ । पाकिस्तानका अल्पसंख्यक हिन्दु, शिख र क्रश्चियनहरुलाई विवादित ईश्वरनिन्दाको कानुनविरुद्धको आरोप लगाएर यातना दिने, जेल हाल्ने र मृत्युदण्डको सजाय दिने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस