• २०८१ फाल्गुन २ गते शुक्रवार

’नेपाल–भारतबीच उतारचढाव आउँछ,चीनलाई तान्ने प्रयास हुन्छ’ चिनियाँ राजदूत यान्छी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन १६,काठमाडौँ। नेपाल–भारतबीचको सम्बन्धमा उतारचढाव आउँछ, त्यसमा चीनलाई तान्न केही शक्तिले प्रयास गरिरहेका हुन्छन् । ‘मैले के नोटिस गरेकी छु भने जब–जब नेपाल–भारतबीचको सम्बन्धमा उतारचढाव आउँछ, त्यसमा चीनलाई तान्न केही शक्तिले प्रयास गरिरहेका हुन्छन् । उनीहरू हुँदै नभएका विषय रचना गरेर अफवाह फैलाउन थाल्छन् । यसले हामीलाई एकदमै अलमल पार्ने गरेको छ । यी हर्कतले चीन–नेपाल मित्रताको समग्र स्थितिलाई खलल पुर्याउनेछैन भन्नेमा म विश्वस्त छु,’ उनले भनिन् ।

नेपाले सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा अघि सरेको छ र आफ्नो सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सुरक्षा गर्न कटिबद्ध छ । हामी नेपालको प्रयासको सम्मान र समर्थन गर्छौँ, उनले भनिन्। ’ उनले कालापानीको मुद्दा नेपाल र भारतबीचको विषय भएको पनि स्पष्ट पारिन् । ‘हामीलाई आशा छ, दुई मुलुकले आफ्ना असहमति मित्रवत् छलफलमार्फत ठीकसँग सुल्झाउनेछन् ।

नेपाल र चीनबीच हस्ताक्षर भएदेखि नेपाल आधिकारिक रूपले नै बिआरआईको एउटा महत्वपूर्ण सहभागी बनिसकेको स्पष्ट पारिन् । ‘क्षेत्रीय शान्ति र स्थायित्वका लागि नेपालले आफ्नो राष्ट्रिय हितका आधारअनुरूपको छनोट गर्नेमा हामीलाई विश्वास छ,’ उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस