साउन १६, काठमाडौँ। काठमाडौँ महानगरपालिकाले काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमण बढ्दो क्रममा रहेकाले पर्व मनाउँदा भीड नगर्न आग्रह गरेको छ ।पछिल्ला दिनमा कामपासँगै उपत्यका नै कोरोना सङ्क्रमणको जोखिम बढ्दै गइरहेकाले भीड नगर्न आग्रह गरेको छ ।
बिहीबार सम्पन्न कामपाको ५०औँ कार्यपालिका बैठकले बिभिन्न प्रस्तावमाथि छलफल गर्दै यस्तो निर्णय गरेको हो । काठमाडौं उपत्यकामा हालसम्म ५७३ जनामा कोरोना भाइरसको पुष्टि भएकोे छ । उनीहरुबाटै समुदायमा समेत कोरोना सङ्क्रमण फैलिनसक्ने सम्भावना भएकाले सबैभन्दा पहिला सावधानी अपनाउन आवश्यक छ ।
मास्कको प्रयोग नगर्ने, गरे पनि उचित तरिकाले प्रयोग नगर्ने प्रवृत्तिले सङ्क्रमणको जोखिम बढेको छ । मास्कको उचित प्रयोग भयो भने ७० प्रतिशत बढी सङ्क्रमणको जोखिमबाट बच्न सकिन्छ । सङ्क्रमितमध्ये केहीलाई जटिलता देखिएको पनि जानकारी गराइएको छ ।