• २०८१ माघ ८ गते मङ्गलवार

उपत्यकामा आज हुने कार्यक्रमहरू

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

साउन१६ , काठमाडौँ  । उपत्यकामा आज हुने कार्यक्रम यस प्रकार रहेका छन ।

१.पशुपति क्षेत्र संयुक्त संघर्ष समितिले हालै पशुपति क्षेत्र बिकास कोषले ल्याएको १०० बर्षे नयाँ गुरुयोजनालाई लिएर पत्रकार सम्मेलन गर्ने ।
स्थान:-पशुपति क्षेत्र भुवनेश्वरी मोटर पार्क ।
समय:-१०:०० बजे ।

२.नेपाल टेलिकमका क्रियाशील युनियनहरू को संयुक्त संघर्ष समितिले विभिन्न माग राखि प्रवन्ध निर्देशकको कार्यकक्ष अगाडी धर्ना दिने ।
स्थान:-नेपाल टेलिकम भद्रकाली प्लाजा भद्रकाली ।
समय:-१०:०० बजे ।

३.अर्थ समितिको बैठक बस्ने ।
स्थान:-समितिको सभाकक्ष,सिंहदरबार ।
समय:-११:०० बजे ।

४.बिकास तथा प्रविधि समितिको बैठक बस्ने ।
स्थान:-संघीय संसद सचिवालय,सिंहदरबार ।
समय:-११:०० बजे ।

५.covid-19 enough is enough group मा आबद्ध स्वतन्त्र युवाहरूले अभियन्ताहरू विरुद्धको सरकारको ज्यादती र कोभिड १९ को फितलो व्यवस्थापनको विरुद्ध बृहत प्रदर्शन कार्यक्रम गर्ने ।
स्थान:-बालुवाटार ।
समय:-१२:०० बजे ।

६.राज्यका निर्देशक सिद्धान्त,नीति र दायित्वको कार्यान्वयन,अनुगमन तथा मूल्यांकन समितिको बैठक बस्ने ।
स्थान:-संघीय संसद सचिवालय,सिंहदरबार ।
समय:-१३:०० बजे ।

७.विद्यायन व्यवस्थापन समितिको बैठक बस्ने ।
स्थान:-संघीय संसद सचिवालय,सिंहदरबार ।
समय:-१३:०० बजे ।

८.अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ लगायत ६ वटा ट्रेड युनियन महासंघ ले रोजगार कटौती,तलब सुबिधा कटौती तथा मजदुर विरोधि सम्झौताहरूको बिरोधमा विरोध प्रदर्शन कार्यक्रम गर्ने ।
स्थान:-माइतीघर मण्डला ।
समय:-१३:०० बजे ।

९.राष्ट्रवादी नागरिक समाज नेपालले राजतन्त्र पुनर्वहालिका लागि नागरिक सभा कार्यक्रम गर्ने ।
स्थान:-असन चोक ।
समय:-१४:०० बजे ।

१०.ने बि संघ सानोठिमी क्याम्पस इकाई ले विभिन्न माग राखि SNE(special need education)विभागीय प्रमुख खगेन्द्र बराइलीको कार्यकक्षमा तालाबन्दी गरेको र स्वतन्त्र विद्यार्थी युनियनले सानोठिमी क्याम्पसको प्रशासन शाखा र आर्थिक प्रशासन शाखामा तालाबन्दी गरेको ।
स्थान:-सानोठिमी क्याम्पस ।
समय:-२०७७/०४/७ गते देखि जारी ।

११.covid-19 enough is enough group का अभियानता इसान अधिकारी (ई) सरकारले १२ बुदे सहमति कार्यन्वयन नगरेको भनि खुल्ला सत्याग्रह बसेको ।
स्थान:-वसन्तपुर डबली ।
समय:-२०७७/०४/०३ गतेको १२:३० बजे देखि जारी ।

१२.कुमार लिङ्देन नेतृत्वको संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च,लक्ष्मण थारु नेतृत्वको थारुहट राष्ट्रिय मोर्चा,आरके खम्बु नेतृत्वको खम्बुवान राष्ट्रिय मोर्चा लगायतका ९ ओटा ‘पहिचानमा आधारित संघीय गठबन्धमा आबद्ध दल तथा संघ संगठनहरुले आ-आफ्नो पहिचान सहितको ब्यानर प्लेकार्ड सहित विरोध प्रदर्शन गर्ने साथै प्रचारात्मक अभियान,सरोकारवालाहरू संग छलफलसहित बैठक,गोष्ठी र प्रचारप्रसार गर्ने ।
स्थान:-देशभर ।
समय:-नखुलेको ।

१३.अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी ) उपत्यका समन्वय समितिले भारतले नेपालको भुमी कालापानी , लिपुलेक र लिम्पियाधुरा क्षेत्र माथिको हस्तक्षेप विरुद्ध बैशाख ३१ गते देखि भारतिय नम्बर प्लेटका गाडिहरु सन्चालनमा प्रतिबन्ध लगाउने ।
स्थान :-देशभर ।
समय : नखुलेको ।

प्रतिक्रिया दिनुहोस