• २०८२ बैशाख २९ गते सोमवार

नेपालको राजनितिमा नेपाली जनतामा सर्बाघिक चर्चाको बिसय बनेको एमसिसि के हो ?

अजय जंग शाही पढ्न लाग्ने समय : २ मिनेट

विकासशित देशहरुलाइ प्राथमिकतामा राखी खासगरि ठुलो ठुलो पुर्वाधार आयोजनामा निर्माण गर्न साझेदारी गर्ने लक्ष्य लिएको एमसिसि परियोजना संन २००४ मा अमेरिकी संसदले स्थापना गरेको परियोजना हो। नेपालमा संन २०१२ पछीका छलफल पछी नेपाल सरकारको तर्फबाट तत्कालीन नेपाली कांग्रेसको सरकार हुँदा संन २०१७ मा वासिङ्टनमा नेपालको तर्फबाट तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले हस्ताक्षर गरि दुई देशबिच एमसिसिमा संझौता भएको थियो ।

नेपाली जनताले एमसिसि नेपाल रास्ट्रको लागि हितको घात हो बुज्नै पर्छ । सम्पुर्ण नेपाली जनता माज नेपाल सरकारले आफ्नो स्थानिय प्रदेश, संघ सबै तहबाट एमसिसि के हो ? एमसिसिको अर्थ के हो ? यो किन जरुरी छ वा छैन ? यसको फाइदा तथा बेफाइदा सबै विषयमा क्लियर रूपमा बताउनु पर्छ । नेपाली जनता नेपालमा रहेको विभिन्न संघ सस्था ,सामाजिकहितमा काम गर्नै नेपाल सरकारको सम्पुर्ण निकायहरु, राजनीतिक दलहरु सबैमा जानकारी थाहा हुनुपर्छ ।

एमसिसि नेपालको नेतृत्वको आग्रहमा अमेरिकी सरकारले संन २०१२ मा नेपालराष्ट्रसंग सहकार्य गर्दै योजना बिकास गर्ने कार्यको सुरुवात थालनी गरेको पाइएको छ , प्रत्येक सरकार र प्रत्येक नेपाली राजनीति दलले सतामा हुँदा अर्थिक बिकासका लागि एमसिसि सम्पन्न गर्न इच्छा, अपेक्षा, आस गरेका देखिन्छ । अमेरिकी सरकारबाट एमसिसि परियोजना बिसुद्ध रुपमा अर्थिक बिकासमा केन्द्रित छ  यसले बिधुतको लाइन निर्माण र सडकको बिकास मार्फत आर्थिक बिकासलाई सघाउने परियोजनाको लक्ष्य हो । एमसिसिमा कुनै पनि सैन्य मामिला जोडिएको छैन।

अमेरिकी कानुनले कुनै पनि यो परियोजनामा सैन्य संलग्रतालाई निशेघित छ। यो परियोजनामा सहभागी हुनका लागि नेपालले कतै पनि हस्ताक्षर गर्नुपर्दैन यो ५०करोड डलर अनुदान हो जसमा कुनै स्वार्थ छैन, ब्याजदर छैन वा कुनै लुकेको सहमति प्रावधान छैन । नेपालले गर्नुपर्ने भनेको सहमति भइसकेका परियोजनाहरुमा उक्त रकम पारदर्सी रुपमा खर्च गर्न प्रतिबद्ध हुनुमात्र हो । एमसिसिले नेपालमा कुन परियोजनाहरु खर्च गर्ने भन्ने बिषय नेपालको आफनै प्राथमिकताहरुका आधारमा नेपालले नै प्रस्ताव गरेको हो । हुन त एमसिसिको प्राबधान अनुसार यो परियोजनाहरुको कार्यनीतिको नेतृत्व गर्न नेपालले कामको किसिम हेरि नेपालीलाई नै काम लगाउन जरुरी हुन्छ, आवस्यक हुन्छ, महत्त्वपूर्ण हुन्छ । एमसिसि परियोजनामा टेन्डरहरु खुला, पारदर्शी हुन्छ भनेका छ्न।

एमसिसि ले काम गर्न प्रत्येक मुलुकमा झै नेपालमा पनि संसदबाट पारित गर्नु जरुरि छ । यसबाट प्रारदर्शिता स्थापित हुन्छ, नेपाली जनताहरुलाई एमसिसि को बारेमा बुज्न अबसर मौका प्राप्त हुन्छ ।

लेखक राष्ट्रिय युवा संघका नेता हुन ।

प्रतिक्रिया दिनुहोस