• २०८० फाल्गुन १० गते बिहिवार

समुदायमा भाइरसको संक्रमण फैलीन नदिन घोडाघोडी नगरपालिकाद्धारा ४२ वटा क्वारेन्टाईन निर्माण

खबर२४ नेपाल पढ्न लाग्ने समय : ५ मिनेट

जेष्ठ १८, कैलाली । कैलालीको घोडाघोडी नगरपालिकाले भारत तथा कोरोनाको जोखिम क्षेत्र बाट आएका आफ्ना नागरिकहरुलाइ सुरक्षीत राख्न र समाजमा भाइरसको संक्रमण फैलीन नदिन नगरपालिकाले ४२ ओटा क्वारेन्टाईन स्थापना गरेको छ ।

गत आइतबार ११ गते बसेको नगरको कार्यपालिका बैठकको निर्णय अनुसार प्रयेक वडाहरुमा रहेका सामुदायीक विद्यालयहरूलाई वडाले क्वारेन्टाईनका लागि व्यवस्थापन गर्नपर्ने निर्णय अनुसार १२ वडा रहेको घोडाघोडी नगरपालिकामा अहिले ४२ ओटा क्वारेन्टाईन निर्माण गरिएको स्वास्थ्य शाखा प्रमुख कैलाश रावतले बताए । निर्माण गरिएका ४२ ओटा क्वारेन्टाईनमा अहिले एक हजार चार सय ३८ जना परुष र दुइ सय ६४ जना महिला गरि जम्मा एक हजार सात सय दुइ जनाले आश्रय लिइरहेका छन । घोडाघोडी नगरपालिका वडा १ मा तिन ओटा क्वारेन्टाईन निर्माण गरिएको छ । घोडाघोडी बहुमुखि क्याम्पसमा ८८ पुरुष र ८ जना महिला गरि जम्मा ९६ जना, कालिका आधारभुुत विद्यालय सिंगरया मा ८ पुरुष र ४ महिला गरि १२ जम्मा र राष्ट्रिय माध्यमिक विद्यालय सुखडमा ५४ पुरुष ७ महिला गरि ६१ जनाले क्वारेन्टाईनको आश्रय लिरहेका छन ।

वडा न २ मा १ ओटा मात्र क्वारेन्टिन निर्माण गरिएको छ । दशरथ माध्यमिक बिद्यालय साडेपानीमा ५३ जना पुरुष र ९ जना महिला गरि ६२ जनालेले आश्रय लिइरहेका छन । वडा न ३ मा चार ओटा क्वारेन्टाईन निर्माण गरिएको छ । सरस्वती आधारभुत विद्यालय निम्दीमा ६१ पुरुष र १८ जना महिला गरि ७९ जना, गडरी माध्यमिक विद्यालय बगुलिया मा १५ पुरुष र ७ महिला गरि जम्मा २२ जना, मोहोन्याल माध्यमिक विद्यालय नारायणपुरमा पुरुष ९, समैजी आधारभुत विद्यालय जुरपानी, १३ जना पुरुषले आश्रय लिइरहेका छन ।

त्यस्तै, वडा न ४ मा नौ ओटा क्वारेन्टाईन निर्माण गरिएको छ। घोडाघोडी आधारभुत विद्यालय भालुफटामा २५ पुरुष र ८ महिला गरि जम्मा ३३ जना, सिताकुण्ड माध्यमिक विद्यालय गणेशपुरमा २९ जना पुरुष, जनज्योती आधारभुत विद्यालय सिम्थरीमा २७ जना पुुुरुष , राष्टिय माध्यमिक विद्यालय रामपुरमा २९ पुरुष, नवप्रवात माध्यमिक विद्यालय माघीमा १९ जना पुरुष र २ जना महिला गरि जम्मा २१ जना, बृन्दा सामुदायक भवनमा १९ जना पुरुष, ननक्वालिटी ई बोडि स्कुलमा १५ जना पुुुरुष, मेलघट्टी माध्यमिक जनकप’रमा २८ जना पुरूष र ७ जना महिला गरी जम्मा ३५ जना ,लांलीगुरास आधारभुत बिद्यालय गैडाखेडा २८ जना पुरूष र ९ जना महिला गरि जम्म्मा ३७ जनाले आश्रय लिइरहेका छन ।

वडा न ५ मा पाँच ओटा क्वारेन्टाईन निर्माण गरिएको छ । जनता आधारभुत विद्यालय सरैयामा ३१ जना पुरूष र १ जना महिला गरि जम्मा गरि ३२ जना, जनप्रिय आधारभुत बिद्यालय फारममा २२ जना परूष र २ जना महिला गरि जम्मा २४ जना, कालिका आधारभुत विद्यालय सितलपुरमा ८ जना पुरूष र ४ जना महिला गरि जम्मा १२ जना, दरख माध्यमिक बिद्यालय हरिनगरमा शुन्य जना, राष्ट्रिय माध्यमिक विद्यालय देवकलियामा ६१ जना पूरूष र २० जना महिला गरि जम्मा ८१ जनाले आश्रय लिइरहेका छन ।

वडा न ६ मा पाँच ओटा क्वारेन्टाइन निर्माण गरिएको छ । बडातडो आधारभुत बिद्यालय बछुरियामा ६२ जना पुरूष र २० जना मलिा गरि जम्मा ८२ जना, प्रतिखेत बर्थिक सेन्टरमा २२ पुरूष र १२ महिला गरि जम्मा ३४ जना , बेथेल चर्च बसन्तामा २९ जना पुरूष र १ जना महिला गरि जम्मा ३० जना, संत्संग भवन आर्दशनगरमा १७ जना पुरूष, सरस्वती आधारभुत बिद्यालय बसन्तामा ९६ जना पुरूष र २० जना महिला गरि जम्मा ११६ जनाले आश्रय लिइरहेका छन ।

त्यस्तै, वडा न ७ मा दुई ओटा क्वारेटाइन निर्माण गरिएको छ । कन्ठेश्वर आधारभुत विद्यालय र्कितिपुरमा २६ पुरूष र १ जना महिला गरि जम्मा २७ जना, बालकल्याण आधारभुत बिद्यालय करैचामा ५१ जना पुरूष र २ जना महिला गरि जम्मा ५३ जनाले आश्रय लिइरहेका छन । वडा न ८ मा पाँच ओटा क्वारेन्टिन निर्माण गरिएको छ । मेलघट्टी माध्यमिक बिद्यालय दिपनगरमा ४७ जना पुरूष र १२ जना महिला गरि जम्मा ५९ जना, बालज्योती आधारभुत बिद्यालय जरहीमा ४७ जना पुरूष र ५ जना महिला गरि जम्मा ५२ जना, भैरव आधारभुत बिद्यालय लठुवामा २२ जना पुरूष र ८ जना महिला गरि जम्मा ३० जना, मोहनी आधारभुत बिद्यालयमा ४२ जना पुरूष र १० जना महिला गरि जम्मा ५२ जना, राष्ट्रिय माध्यमिक बिद्यालय तारानगरमा १०२ पुरूष र २५ जना महिला गरि जम्मा १२७ जनाले आश्रय लिइरहेका छन । वडा न ९ मा तिन क्वारेन्टाइन निर्माण गरिएको छ ।  कालिका माध्यमिक बिद्यालय खलादेतमा ७८ पुरूष र २१ जना महिला गरि जम्मा ९९ जना, दुर्गामाता प्री प्राइमरी स्कुलमा ३ जना पुरूष र राष्ट्रिय जन्ता आधारभुत विद्यालय फारममा ५४ पुरूष र १० महिला गरि जम्मा ६४ जनाले आश्रय लिइरहेका छन ।

वडा न १० मा कान्ती मावि पहलमानपुरमा ६४ पुरूष र ६ महिला गरि जम्मा ७० जना, जनकल्याण मावि मा ७ पुरूष र २ महिला गरि ९ जनाले आश्रय लिइरहेका छन । त्यस्तै वडा न ११ मा जनता आधारभुत विद्यालय तप्पामा ३ पुरूष, महलमासिंह मेमोरियल माध्यमिक विद्यालयमा २६ प’?ष र ८ महिला गरि जम्मा ३४ जनाले आश्रय लिइरहेका छन । वडा न १२ को राष्ट्रिय माध्यमिक विद्यालय त्रिवेणि बजारमा क्वारेन्टाइन निर्माण गरिएको छ जहा अहिले सम्म २५ पुरूष र ३ महिला गरि जम्मा २८ जनाले आश्रय लिइरहेको घोडाघोडी नगरपालिका स्वास्थ्य शाखा प्रमुख कैलास रावतले जानकारी गराउन’ भएको छ ।
बाहिर बाट नागरिकहरू आउने क्रम नरोकिएकाले उनीहरूको उद्धार गरि उचीत व्यवस्थापन गर्ने कार्य भैरहेको नगरका प्रबक्त मनराज शाहिले बताएका छन ।

प्रतिक्रिया दिनुहोस