जेष्ठ १८, कैलाली । अवैध रुपमा सालको काठ काट्दै गर्दा घोडाघोडीबाट एक जना पक्राउ परेका छन् । जिल्लाको घोडाघोडी नगरपालिका ९ र १० मा रहेको बुलबुले सामुदायिक बन क्षेत्रमा सालको रुख काटिरहेको अवस्थामा सव डिभिजिन वन कार्यालय सुखडको गस्ति टोलीले उनलाई पक्राउ गरेको बताइएको छ ।
पक्राउ पर्नेमा घोडाघोडी नगरपालिका वडा नम्बर १० बस्ने अन्दाजी ४२ वर्षीय मनिराम चौधरी रहेका छन् । शनिबार राति ११ बजे रुख काटिरहेको विशेष सूचनाको आधारमा उनलाई प्रकाउ गरीएको सब डिभिजिन वन कार्यालय सुखडका प्रमुख समिर थापाले बताए। बुलबुले सामुदायिक बनका अध्यक्ष खड्क बहादुर बुढाले रुख काट्न ठाडो आदेशमा आफुले सुकेको सालको रुख काटेको मनिराम चौधरीले बताएका छन । तर यता सोधपुछको क्रममा अध्यक्ष बुढाले रुख काट्न आफुले कुनै आदेश नदिएको बताएका छन ।
रुख काट्नमा दुई जनाको संग्लनता देखी पछि सामान्य रुपमा बयान लिने काम भएको सव डिभिजिन वन कार्यालय सुखडले जनाएको छ ।