चैत १८, काठमाडौं । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले लकडाउनका कारण समस्यामा परेका सर्वसाधारणलाई सिधै आफुसँग सम्पर्क गर्न आग्रह गरेका छन् । काठमाडौैभित्र समस्यामा परेका सर्वसाधारणलाई सहजीकरणका लागि आफु तयार रहेको मन्त्री मानन्धरले जानकारी दिएका छन् ।

काठमाडौं क्षेत्र नम्वर ७ का निर्वाचित सांसद समेत रहेका मन्त्री मानन्धरले लकडाउनका क्रममा सर्वसाधारणलाई पर्नसक्ने समस्या समाधानका लागि आफु २४ सै घण्टा तयार रहेको बताए । मन्त्री मानन्धरले आफुसहित आफ्नो सचिवालयका सदस्यहरुसँग सिधा सम्पर्क गरेर समस्या राख्न आग्रह समेत गरेका छन् । लकडाउनको सीमा बढेसँगै देशभरका जनताको दैनिकीमा समस्या नआओस् भन्नेमा सरकार सतर्क रहेको बताउँदै मन्त्री मानन्धरले सहरी क्षेत्रका सर्वसाधारणको सिमीततालाई मध्यनजर गर्दै काठमाडौंका जनतासँग हातेमालो गर्न आफु तयार रहेको बताए ।
देशभर सरकारले संयन्त्र बनाएर जनताको जीवन रक्षाका लागि तिब्र रुपमा महत्वपुर्ण काम गरिरहेको बताउँदै मन्त्री मानन्धरले तत्काल काठमाडौंका जनतामा पर्ने समस्या समाधानका लागि आफुले सहजिकरण गरिरहेको बताए । कोरोना भाइरसविरुद्धको महायुद्धमा विश्वनै होमिइरहेको अवस्थामा नेपाल सरकारको पहिलो दायीत्व जनताको जीवन रक्षा भएको बताउँदै मन्त्री मानन्धरले जनतालाई कुनै समस्यामा पार्न नदिन सरकारले विभिन्न राहत प्याकेज ल्याइसकेको पनि बताएका छन् । मन्त्री मानन्धरले विषम परिस्थितिमा मुलुक रहेकाले सिमीतताका बीचमा दैनिकी चलाउन पनि आग्रह गरेका छन् । यस्तो समयमा घर भित्रै बसेर सरकारले गरिरहेको पहललाई साथ दिन आम नागरिकलाई मन्त्री मानन्धरले आह्वान समेत गरेका छन् ।
मन्त्री मानन्धरले सहरी क्षेत्रका मजदुर र आर्थिक अवस्था कमजोर भएका बर्गका नागरिकका लागि सहयोग गर्न चाहनेहरुले एकद्वार प्रणाली मार्फत् सहयोग गर्न सक्ने पनि बताएका छन् । मन्त्री मानन्धरले काठमाडौंमा समस्यामा परेका सर्वसाधारणलाइ आफ्नो मोबाइल नम्वर ९८५११५९५९२ मा सिधा सम्पर्क गर्न वा आफ्नो सचिवालयका प्रमुख स्वकिय सचिव ओम राजवाहक र अर्का स्वकिय सचिव जयप्रकाश श्रेष्ठसँग सम्पर्क गर्न आग्रह गरेका छन् । मन्त्री मानन्धरले लकडाउनको अवधि पुर्ण पालना गर्न पनि सर्वसाधारणलाई आग्रह गरेका छन् । मन्त्री मानन्धरले देश र जनता गम्भिर संकटमा परेका बेला जनप्रतिनिधिमाथि ठुलो अपेक्षा हुने भन्दै भुमिका निभाउन सबै तयार हुनुपर्ने बेला आएको बताए । मन्त्री मानन्धरले विदेशबाट आएर घरमै बसिरहेका र कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएकालाई तत्काल अस्पतालको सम्पर्कमा जान पनि आग्रह गरेका छन् ।
खाद्यान्न, ग्यास लगायतका दैनिक उपभोग्य सामग्री खरिद लगायतका विषयमा समस्यामा परेका सर्वसाधारणलाई सहजीकरण गराउनका लागि उपत्यकाका केही स्थानमा नेकपाका पार्टी कार्यकर्ता र स्थानीय जनप्रतिनिधि परिचालन गरिसकिएको मन्त्री मानन्धरका प्रमुख स्वकिय सचिव रावजाहकले जानकारी दिए । उपत्यकामा पार्टी कार्यकर्ता र जनप्रतिनिधिलाई प्रभावकारी रुपमा जनताको दैनिकी सहजीकरणका लागि खटाउनेबारे जिल्लाका नेताहरुसँग परामर्श भइरहेको राजवाहकले जानकारी दिए । काठमाडौं क्षेत्र नम्वर सातका विभिन्न स्थानमा समेत यस्ता समिति बनाइएको छ । राजनीतिक नियुक्ति लगायत उच्च ओहोदामा रहेका तथा राष्ट्रसेवक सबै कर्मचारीहरु पनि सरकारको अभियानमा साथ दिनुपर्ने जरुरी छ ।
मुलुकमा सात सय ५३ पालिका रहेकामा महानगर र उपमहानगरसहित २९३ वटा नगरपालिका रहेका छन् । संघ, प्रदेश र स्थानीय तहमा गरि कुल ४० हजार जनप्रतिनिधि रहेका छन् । जसमध्ये २५ हजार बढी नेकपाका नेता कार्यकर्ता जनप्रतिनिधिका रुपमा कार्यरत रहेका छन्। बर्तमान संकटको घडीमा नेकपासहित सबै राजनीतिक दलले सबै जनप्रतिनिधि र जिल्लास्तरका पार्टी कार्यकर्ता सक्रिय रुपमा परिचालन गर्न सक्ने हो भने कोरोनाविरुद्धको लडाईंमा आम नागरिकलाई राजनीतिक साथ र सहयोग पुग्ने देखिन्छ । मन्त्री मानन्धरलेजस्तै सबै मन्त्री सांसद र स्थानीय जनप्रतिनिधिले खुल्ला रुपमा नागरिकलाई आश्वस्त पार्न सक्नु पर्दछ । देशभरका जनप्रतिनिधि सक्रिय भए नागरिक समस्यामा पर्दैनन्