• २०८१ साउन ८ गते मङ्गलवार

दाङ प्रहरीद्धारा नर्सलाई निकाल्ने घरबेटी पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १८, दाङ । कोरोनाको संक्रमण फैलिन सक्ने भन्दै कोठा भाडामा बस्दै आएकी नर्सलाई निकाला गर्ने दाङ घोराहीका एक घरबेटीलाई मंगलबार जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ गरेको छ । बुद्ध इन्टरनेशनलमा कार्यरत स्टाप नर्स श्रृजना खड्कालाई घरबाट निकाला गर्ने घरबेटी नारायण आचार्यलाई प्रहरीले पक्राउ गरेको हो ।

घोराही उपमहानगरपालिका वडा नम्बर २ का वडासचिव समेत रहेका आचार्यले घरमा बस्ने स्टाप नर्स खड्कालाई घरबाट निकाला गरेको संचारमाध्यममा आएपछि नियन्त्रणमा ल्याएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी जनक भट्टराईले जानकारी दिनुभएको छ । पिडितले उजुरी दिएपछि मुद्धा प्रक्रिया अघि बढ्ने एसपी भट्टराईले जानकारी दिए ।

अस्पतालमा धेरै बिरामीहरुसंग सम्पर्क हुने भएकाले आफूहरु असुरक्षित रहने भन्दै घरबेटी आचार्यले कोठा छोड्न दबाब दिएपछि १५ गते स्टाप नर्स खड्का होटेलको कोठामा बस्दै आएकी थिइन्

प्रतिक्रिया दिनुहोस