चैत १८, काठमाडौं । सुनिलस्मृति गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीको अध्यक्षतामा मङ्गलबार विश्वव्यापि रुपमा फैलिएको नोभेल कोराना (कोभिड–१९) को विषयमा सरोकारवालाहरुसँग हालसम्म गरेको कामहरु बारे छलफल रिपोटिङ तथा समिक्षा सम्पन्न सम्पन्न गरेको छ ।
अध्यक्ष घर्तीद्धारा आगामि दिनहरुमा नोभेल कोरोना भाइरस (कोभिड–१९) विरुद्धको अभियानलाई अझ प्रभाकारी र नतिजामुखि भएर अघि बढ्ने निर्णय समेत गरेको छ । समिक्षा बैठकमा गाउँपालिका उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत, इलाका प्रहरी कार्यालय सुलिचौरका प्रमुख, प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरका प्रमुख, साहस नेपालको निमित्त प्रमुख र गाउँपालिकाका कर्मचारहिरुको उपस्थितीमा समिक्षा बैठक सम्पन्न भएको गाउँपालिका प्रेस संयोजक आशिष भारद्धाजले जानकारी गराउनुभयो ।