• २०८१ बैशाख १३ गते बिहिवार

एम्बुलेन्स र मोटरसाइकल ठोक्किँदा कोहलपुरमा १ जनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १८, बाँके । कोहलपुर नगरपालिका–११ मा एम्बुलेन्स र मोटरसाइकल एकापसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज कोहलपुरबाट नेपालगञ्जतर्फ आउँदै गरेको भे१च ८२४ नंको एम्बुलेन्स र से५प ४८४ नंको मोटरसाइकल एकापसमा ठोक्किएका थिए ।

मृत्यु हुनेमा मोटरसाइकलमा सवार कालीकोटको नरहरिनाथ गाउँपालिकाकी २३ वर्षीया शोभा भट्ट रहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । मोटरसाइकल चालक द्वन्द्वविक्रम विष्ट गम्भीर घाइते रहेको छन भने एम्बुलेन्स चालक बारबर्दिया नगरपालिका–६ का रामबहादुर थारू भने सामान्य घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस