माघ १७, बाग्लुङ । बागलुङ तमानखोला गाउँपालिका १ बिसोक निवासी ६४ वर्षीय रविलाल विकको आफ्नै श्रीमतीको कुटाइले मृत्यु भएको छ । श्रीमान श्रीमतीबीच हात हालहाल हुँदा रविलालको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गएराती रविलाल र उनकी ६० वर्षीया श्रीमती जमुना विकबीच घरायसी कुरामा विवाद भई हात हालाहाल हुने क्रममा श्रीमतीको धक्का खाएर ढुंगामा ठोक्किएका रविलालको घटनास्थलमै मृत्यु भएको हो । जमुनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।