पौष १५, काठमाडौँ । राष्ट्रियसभा सदस्यहरुको भोलि कोरोना निःशुल्क परीक्षण गरिने भएको छ । राष्ट्रियसभाको हिउँदे अधिवेशन पुस १७ गते अपरान्ह ४ बजेको निम्ति आह्वान भएको छ ।
पहिलो बैठकको अघिल्लो दिन बिहीबार सबै सदस्यको कोभिड–१९ परीक्षणको व्यवस्था मिलाइएको संसद सचिवालयले जनाएको छ । सचिवालयका अनुसार उक्त परीक्षण स्वास्थ्य मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गर्न लागेको हो ।
नेगेटिभ रिपोर्ट भएका सांसदहरुलाई मात्र प्रवेश दिइनेछ । साथै राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन सबै सदस्यहरुलाई अपील गरेका छन् ।