पौष १५, ताप्लेजुङ । ग्लोबल आइएमई बैंकले लिवाङ आर्मी ब्यारेक परिसरमा एटीएम सेवा सुरु गरेको छ । बैंकले ताप्लेजुङको सातदोबाटो, खुमेल, बम्रुकलगायतका ग्राहकहरुलाई लक्षित गरी एटिएम सेवा सञ्चालनमा ल्याएको हो । नयाँ एटीएम सेवा सुरु भएसंँगै ग्लोबल आइएमई बैंकको एटीएम संख्या २४० पुगेको छ ।
सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले ७३ वटा जिल्लामा फैलिएको २६४ शाखा सञ्जालसहित २४० एटिएम, ४७ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २४३ शाखारहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि सम्पर्क कार्यालयमार्फत सेवाप्रदान गर्दै आइरहेको छ ।