• २०८१ फाल्गुन २ गते शुक्रवार

नेपाली पर्वहरुको विशिष्ट पहिचानः सभापति देउवा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुष १५, काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा मनाईने विभिन्न जात जाती, धर्म, संस्कृति, परम्परालगायतका पर्वहरुको विश्वमा नेपालको विशिष्ट पहिचान रहेको उल्लेख गर्नुभएको छ । आज तमु ९गुरुङ० जातिको पर्व ‘तमु ल्होसार’, किराँतको उधौली पर्व, ज्यापु समुदायको चाड योमरी पुन्हि ९ज्यापु दिवस० र धान्य पूर्णिमाका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमाबुबा, दाजुभाई तथा दिदीबहिनीहरुमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको हो ।

उहाँले एक शुभकामना सन्देशमार्फत सामाजिक, सांस्कृतिक, जातीय र धार्मिक विविधताले सम्पन्न हाम्रो सुन्दर मुलुक नेपालमा रहेका विभिन्न भाषा, धर्म, वर्ण, सम्प्रदाय, जातजातिको आ–आफ्ना विशिष्ट संस्कृति र परम्परा रहेको उल्लेख गर्नुभएको छ । सभापति देउवाले सदैव एकले अर्काको धर्म, भाषा, संस्कृति र परम्पराको सम्मान र आदर गर्ने हाम्रो आफ्नै विशिष्ट पहिचान रहेको र यी पर्वले नेपाली समाजमा सद्भावना बढाउँदै आएको बताउनुभएको छ ।

यी पर्वले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने विश्वास लिदै उहाँले यी महत्वपूर्ण पर्वहरुका अवसरमा सबैमा शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस