• २०८१ बैशाख ४ गते मङ्गलवार

दाङमा अवैध सुन बोकेको आरोपमा पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १५, दाङ । दाङमा अवैध सुन बोकेको आरोपमा दुई जना पक्राउ परेका छन् । दाङको घोराही बजार बाट घोराही उपमहानगरपालिका १० नारायणपुरका पूर्णजङ्ग सुनार र घोराही कपासीका खड्ग प्रसाद सुनार पक्राउ परेका हुन् ।

उनीहरुको साथबाट २ सय ७३ ग्राम सुन बरामद गरेको प्रहरीले जनाएको छ । अवैध सुन लिएर बजारमा हिँडिरहेको सुराकीका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।

प्रतिक्रिया दिनुहोस