मंसिर १५, काठमाडौँ । आज देशका धेरै स्थानमा वायुको तापक्रममा गिरावट आउने र तराई भू–भागमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेको जल तथा मौसम विज्ञाव विभागले जनाएको छ ।
काठमाडौँको आज विहानको तापक्रम ५.४ डिग्री सेल्सियस रहको छ । यसअघि आइतबार बिहान ४.८ डिग्री सेल्सियस तामक्रम मापन गरिएको थियो । काठमाडौं उपत्यकाको आजको मौसम सफा रहने उनको भनाइ छ । माथिल्लो पहाड र हिमाली क्षेत्रमा पनि आज मौसम सफा रहने छ । वर्षा तथा हिमपातको सम्भावना छैन ।
त्यस्तै आज तराईका जिल्लामा खासै बदली नदेखिए पनि भोलि र पर्सी बादल लाग्ने देखिएको छ । त्यसैले उक्त समयमा भने भिजिबिलिटी कम हुनसक्छ । त्यसको असर सडक तथा हवाई यातायातमा पर्न सक्छ ।