• २०८२ जेष्ठ १ गते बुधवार

कोरोनाबाट मृत्यु हुनेको संख्या ४९८ पुग्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १४, काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ७ जनाको कोरोनाबाट मृत्यु भएसँगै नेपालमा मृत्यु हुनेको संख्या ४९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार मृत्यु हुने ७ जनामा सुनसरीका ६० वर्षीय एक पुरुष, मोरंगका ६० वर्षीय एक पुरुष, सप्तरीका ३९ वर्षीय एक पुरुष, काठमाडौँकी ३४ र ८६ वर्षीय दुई महिला र ५४ वर्षीय एक पुरुष र रुपन्देहीका ८२ वर्षीय एक पुरुष रहेका छन ।

त्यस्तै थप १५ सय ५९ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ७७ हजार ८ सय १७ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस