असोज १४, काठमाडौँ । थप १५ सय ५९ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ७७ हजार ८ सय १७ जना पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार १२ हजार २ सय ५ जनामा नमुना परीक्षण गर्दा १५ सय ५९ जनामा कोरोना संक्रमित पुष्टि भएको हो । त्यस्तै नेपालमा सक्रिय संक्रमितको संख्या २० हजार ८ सय ९१ जना रहेको छ ।
मन्त्रालयका अनुसार आज १०५७ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ५६ हजार ४ सय २८ जना रहेको छ ।