• २०८१ फाल्गुन ७ गते बुधवार

पीसीआर परीक्षण गर्दा तोकेभन्दा धेरै शुल्क लिनेलाई कारवाही हुने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १४, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको पीसीआर परीक्षणका लागि तोकेको भन्दा धेरै शुल्क लिने निजी अस्पताललाई कारवाही गर्न गृह मन्त्रालयलाई पत्राचार गरेको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार सरकारले तोकेको भन्दा धेरै शुल्क लिने निजी प्रयोगशाला र अस्पताललाई कारवाही गर्न गृह मन्त्रालयलाई पत्राचार गरेको हो । सरकारले पीसीआर परीक्षणका लागि दुई हजार रुपैयाँ शुल्क निर्धारण गरे पनि केही निजी प्रयोगशाला तथा अस्पतालले धेरै शुल्क लिइरहेका छन् ।

मन्त्रालयले शुरुको चरणमा पिसिआर परीक्षण गर्न पाँच हजार ५०० रुपैया शुल्क तोकेको थियो । अहिले भने सरकारले २ हजार रुपैयाँ शुल्क तोकेको छ ।

प्रतिक्रिया दिनुहोस