• २०८१ फाल्गुन २ गते शुक्रवार

आईपीएलमा हैदरावादको पहिलो जित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १४, काठमाडौँ । इन्डियन प्रिमियर लिग अन्तर्गत सनराइजर्स हैदरावादले पहिलो जित हासिल गरेको छ । सिजनको आफ्नो तेस्रो खेलमा हैदरावादले दिल्ली क्यापिटल्सलाई १५ रनले पराजित गर्दै जित हासिल गरेको हो ।

सेख ज्यायद क्रिकेट स्टेडियममा हैदरावादले दिएको १६३ रनको लक्ष्य पछएको दिल्ली क्यापिटल्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै मात्र १४७ रन बनायो । दिल्लीका लागि शिखर धावनले सर्वाधिक ३४ रनको योगदान गरे । त्यस्तै रिशव पन्तले २८ रन बनाउँदा शिम्रोन हेटमायर २१ रनको योगदान गरे । बलिङतर्फ हैदरावादका लागि राशिद खानले सर्वाधिक तीन विकेट लिए । त्यस्तै भुवनेश्वर कुमारले दुई विकेट लिँदा कलेस अहमेद र थनगुरशन नटराजनले एक–एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १६२ रन बनायो ।

प्रतिक्रिया दिनुहोस