भदौ १४, बाँके । पूर्वाधार विकास कार्यालय, बाँकेमा कार्यरत कार्यालय प्रमुख (सि.डि.ई.) मनिष कुमार अर्याल श्रोत नखुलेको रकम रु.५,३०,००० सहित बुटवलबाट नियन्त्रणमा परेका छन।
पूर्वाधार विकास कार्यालय, बाँकेमा कार्यरत कार्यालय प्रमुख (सि.डि.ई.) अर्यालले विभिन्न सेवाग्राहीहरूबाट रकम लिई बुटवलतर्फ जाँदै गरेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिई गएको टोलीले उनलाई श्रोत नखुलेको रकम रु ५,३०,००० (पाँच लाख तीस हजार) निज सवार रहेको ३३-१-०९६१ नं. को गाडी सहित भौतिक पूर्वाधार विकास मन्त्रालय, प्रदेश नं। ५, बुटवलको कार्यालय परिसरबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिनुभयो ।