भदौ १४, काठमाडौं । नेपाल प्रहरीको एक वर्षे कार्य योजना २०७७ अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको अनुगमन तथा कार्य योजना कार्यान्वयन, ट्राफिक व्यवस्थापन एवं कोभिड १९ को महामारीबाट सुरक्षित रही सेवा प्रवाह गर्ने सम्वन्धी निर्देशन प्रहरी उपरीक्षक प्रभु प्रसाद ढकालले दिनुभएको छ ।
उक्त कार्यक्रममा गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय मातहतका सम्पूर्ण ट्राफिक प्रहरी कर्मचारीहरुले डिउटीको क्रममा सवारी चालकसंग कुरा गर्दा नमस्कार गरी आदर सम्मान प्रकट गर्ने, कोरोना भाइरसको महामारीबाट आफु सुरक्षित रही सामाजिक दुरी कायम गर्दै कर्तव्य पालना गर्न निर्देशन दिनु भएको छ ।
साथै सो अवसरमा प्रहरी उपरीक्षकज्यूबाट जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको निर्माणाधिन भवनको अवलोकन गरी भवन निर्माण समितिका पदाधिकारीसंग निर्माण सम्वन्धी प्रगति विवरणको जानकारी समेत लिनु भएको थियो ।