भदौ १४, काठमाडौं । कैलालीको जानकी गाउँपालिकामा १७ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गर्ने ४ जनालाई प्रहरीले पक्रेको छ । प्रहरीले पीडितको स्वास्थ्य परिक्षण गरेर चार किशोर विरुद्ध बलात्कार मुद्धा दर्ता गरेको छ ।
भदौ ११ मा रातको समयमा काकाको घरबाट फर्कंदै गरेकी किशोरीलाई उनीहरुले खेतवारीमा लगेर जबर्जस्ती बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता (डिएसपी) प्रतिक विष्टले जानकारी दिए । आफुलाई डर, त्रास देखाएर बलात्कार गरेको भन्दै किशोरीले ईलाका प्रहरी कार्यालय टिकापुरमा जाहेरी दिएकी छिन् ।