• २०८२ बैशाख १६ गते मङ्गलवार

चितवनमा कोरोना संक्रमित पुरुषको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १४ , चितवन । चितवनको चितवन मेडिकल कलेज भरतपुरमा कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ ।भरतपुर महानगरपालिका वडा नं. १० निवासी ५२ वर्षका पुरुषको उपचारको क्रममा आइतबार दिउँसो साढे १ बजे मृत्यु भएको हो । भदौ ४ गते अस्पतालमा भर्ना भएका उनलाई ७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

संक्रमण बढ्दै गएपछि अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिएको आइतबार मृत्यु भएको कलेजका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस