• २०८१ माघ ८ गते मङ्गलवार

कालीकोटमा पहिरोले पुरिएर ३ जनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १४, सुर्खेत । कालीकोटमा पहिरोले पाँचवटा घर बगाउँदा तीनजनाको मृत्यु भएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार तिलागुफा नगरपालिका-१, नाग्म बजारमा पहिरोले घर पुर्दा तीनजनाको मृत्यु भएको हो ।आइतबार बिहान ८ बजे घरमाथिबाट आएको पहिरोले पाँचवटा घर पुरेको डीएसपी लोकनाथ तिम्सिनाले जानकारी दिए ।


पहिरोले घर पुर्दा कोही बेपत्ता भए नभएको भने खुलेको छैन । १३/१४ जना घरमै पुरिएको अनुमान गरिएको डीएसपी तिम्सिनाले बताए ।घटनास्थलमा कालीकोट र जुम्लाबाट नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयहरु उद्धारमा खटिएका छन् ।

प्रतिक्रिया दिनुहोस