• २०८२ बैशाख ५ गते शुक्रवार

करेन्ट लागेर युवाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १४,रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिकामा मोटरले पानी तान्ने क्रममा आज बिहान करेन्ट लागेर एकजना युवकको मृत्यु भएको छ । करेन्ट लागेर बेहोस भएका युवकको उपचार नगर्ने डाक्टरलाई स्थानीयले केहिबेर घेराउ गरेकाछन् । करेन्ट लागेर अचेत भएका साहलाई उपचारको लागि विजयपुर बजारमा रकेको एक क्लिनिकमा लैजाँदा चिकित्सक भगवत चौधरीले विरामीलाई हेर्न नमानेको स्थानीय श्रीभगवान साहले बताए ।


पछि थप उपचारका लागि चन्द्रनिगाहपुर लिएर जाने क्रममासाहको बाटोमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय विजयपुरका सई सुरेन्द्र सिंहले जानकारी दिए । साहको मृत्युपछि आक्रोशित समुहले फतुवा बिजयपुरका नगर स्वास्थ संयोजक समेत रहेका चौधरीलाई आधा घण्टा घेरेका थिए । घटनाबारे छलफल गर्ने सर्तमा चिकित्सक चौधरीलाई उद्वार गरेको सई सिंहले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस