• २०८१ जेष्ठ ३१ गते बिहिवार

धरानमा कोरोनाबाट आमाछोराको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १४, सुनसरी । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत दुईजना संक्रमितको आज बिहान मृत्यु भएको छ ।प्रतिष्ठानका अनुसार धरान उपमहानगरपालिका वडा नम्बर १७ निवासी ७४ वर्षीया महिला आमा र ६० वर्षीय पुरुष छोराको मृत्यु भएको हो । योसँगै धरानमा कोभिड १९ बाट मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

sab
गएराति प्रतिष्ठानमा भर्ना भएकी आमामा मधुमेह र उच्च रक्तचापको थियो । यसैगरी छोरामा कलेजको समस्या देखिएको थियो । दुवैको शव व्यवस्थापन गर्ने तयारी भईरहेको प्रतिष्ठानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस