• २०८१ माघ ८ गते मङ्गलवार

टिकटकले युवा पीडिमा अत्याधिक सिर्जनात्मक क्षमता बढाउन सहयोग पुर्याएको:अध्यक्ष राउत

खबर२४ नेपाल पढ्न लाग्ने समय : ५ मिनेट

भदौ १४,  काठमाडौं । टिकटक,  धेरै युवापिडीको मुखैमा झुन्डिएको नाम बनेको छ, यो । छिमेकी देश चीनको उत्पादन टिकटक नेपाली बजारमा भने लोकप्रिय हुँदै गएको देखिन्छ । विश्वभर करिब प्रयोगकर्ता रहेको टिकटकको नेपालमा भने प्रयोगकर्ता छन् । त्यसो त भारतमा केही समय अगि मात्र यसको प्रतिबन्ध लगाएको छ र अमेरिकामा समेत प्रतिबन्ध हुने बुझिएको छ । केही बौद्धिक व्यक्तिहरुले टिकटकलाई सामाजिक बिकृतीको रुपमा चित्रण गर्दै आएका छन् । यद्यपि पछिल्लो समय टिकटकको महत्त्व यसरी अप्रत्याशित बढ्यो कि मानिसहरू टिकटकलाई फुर्सदको सदुपयोग मात्र सम्झिदैनन् बल्की सिनेमाको कलाकार पनि टिकटकबाटै छनौट हुन थालेको छ । त्यसो त यसको उमेर पनि मात्र रहेको छ । टिकटकले थुप्रैलाई स्टारहरु बनाइदिएको छ र छुट्टै पहिचान समेत दिलाइदिएको छ ।

जब मानव जगतलाई सामाजिक संजालले निथ्रुक्क भिजायो तब यससँग जोडिने चर्चा, गसिप, विवाद र प्रतियोगिता समेत हुने गरेको छ । विश्वलाई नै तरङ्गित बनाइरहेको कोरोनाभाइरसको संकटका बिच नेपालमा थुप्रै टिकटक प्रतियोगिताहरु भए । यसैबीच सुनसरीको बराहक्षेत्रमा आजसम्मकै ठूलो धनराशि पुरस्कार मानिएको `सदाबहार राष्ट्रिय टिकटक स्टार प्रतियोगिता २०७७´ आजबाट सुरु भएको छ । कोभिड १९ को संत्रासको बीच यस्तो प्रतियोगिताले के सन्देश दिन्छ, एकखाले बौद्धिक जमातले सामाजिक बिकृती भनिरहेको टिकटिक प्रतियोगिताले हाम्रो संस्कार-संस्कृतिमा कस्तो प्रभाव पार्छ, राष्ट्रिय टिकटक प्रतियोगिताबाट राष्ट्रले के प्राप्त गर्ने? यस्तै प्रश्नको जवाफ खोज्नका लागि हाम्रा संबादाता सुबिन बिश्वकर्माले सदाबहारका अध्यक्ष बिजयकुमार राउतसङ्ग गरिएको अन्तरबार्ताको सम्पादित अंस:-

१) अध्यक्ष ज्यु यहाँलाई स्वागत छ । यहालाई
धन्यवाद ।

२) सबैलाई कोभिडले थला पारेको छ । तर तपाईंहरु हर्षोल्लासका साथ टिकटक प्रतियोगितामा रमाइरहनु भा´छ । यो प्रतियोगिता खास के हो ?
– यहाले भनेजस्तै सबैलाई कोभिडले दुखेको बेला हामीलाई पनि दुखेको छ र यसलाई हर्षोल्लास पनि नभनौ । किनकि लकडाउनले घरभित्रै बसिरहेका मानिसहरूको निम्ति घरमै बसेर आफ्नो कला प्रस्तुत गर्ने मौका हो । यो प्रतियोगिता भाद्र १३ देखि कार्तिक २८ सम्म संचालन हुनेछ । यसलाई हामीले विभिन्न चरणमा चरणबद्ध गरेका छौ, जसअन्तर्गत पहिलो चरणमा भाद्र १३ देखी २८ गतेसम्म आबेदनको रुपमा सहभागीले सदाबहार मिडियाको अफिसियल पेजमा आफ्नो टिकटक भिडियो लिंक पठाउनेछन । त्यसमध्ये भ्युजको आधारमा उत्कृष्ट १०० सहभागीलाई दोस्रो चरणमा प्रवेश गराइने छ ।
त्यसबाट भिडियोमा आएको भ्युजको आधारमा
असोज १९ गते उत्कृष्ट २० जनाको छनोट गरिनेछ। क्रमशः ५ औं चरणसम्म भोटिङको आधारमा उत्कृष्ट १५, १०,५, ३ र फाइनल क्रमशः असोज २७, कार्तिक ६, कार्तिक १४, कार्तिक २१ र कार्तिक २८ गते बिजेता घोषणा गर्ने कार्यक्रम राखेका छौ ।

३) धेरैले सहभागि हुने प्रक्रिया झन्झटिलो भयो भन्छन, बुझ्नेगरी बताइदिनुस न ।
– हो, धेरै जना कसरी भाग लिने भन्ने बारेमा झुक्किरहनु भ´को छ । तर यो सजिलो छ । कार्यक्रम नै भर्चुअल भएकाले हामिले सबै प्रक्रियामा भर्चुअल उपाय अपनाएका छौ । १३ देखि २८ सम्म पहिलो चरणअन्तर्गत हामीले तोकेको निश्चित नियमको परिधिभित्र भिडियो बनाएर सदाबहारन्युज डट कमको फेसबुक पेजमा भिडियो पठाउनुपर्ने हुन्छ । महत्त्वपूर्ण कुरा केभने, हाम्रो नियमभन्दा बाहिरको भिडियो आएमा हामी त्यो भिडियोलाई स्थान दिने छैनौं र आवेदन शुल्क पनि फिर्ता हुनेछैन् ।
अब मुख्य विषय भनेको हातले तोकेको शुल्क कसरी पठाउने भन्ने कुरामा बुझाउन जरुरी छ । यसका लागि
khalti pay को khalti bazzar भित्र गएर sadabahar media खोज्नुहोस र त्यहा भनिएअनुसार फर्म भर्नुहोस । अथवा अन्य प्रयोगकर्ताले इ-सेवा ID ९८०४००३९३८ मा दस्तुर तिरेर सिधा सहभागी हुन सकिन्छ। अझै नभए सबैभन्दा सजिलो उपाय तपाईंले आफ्नो मोबाइलको मेसेज बक्समा गएर Tiktok टाइप गरि ३३००१ मा मेजेज गर्दा सम्पुर्ण जानकारी प्राप्त गर्नुहुनेछ।

४) फुर्सदको समय सदुपयोग भन्ने अनि १०० रुपैयाँ आवेदन शुल्क राखिदिने? कतै व्यापार गर्न खोजिएको त हैन ?
-निश्चय पनि होईन । मैले भन्नै खोज्दैथे । यसबाट सहभागीले प्रतियोगितामा अपनत्व महसुस हुनेछ । तपाईंले भनेजस्तै व्यापार नै गर्ने भए अरु थुप्रै काम गर्न सकिन्थ्यो होला नि । र अर्को महत्त्वपूर्ण कुरा यो प्रतियोगिताबाट नाफा हुने हामीले सोचेकै छैनौं तथापि नाफा भैहालेमा हामी त्यो रकम समाजसेवामा खर्च गर्छौ । हामी गाउघरमा साथीहरू मिलेर आर्थिक स्रोत जुटाइरहेका छौ । लकडाउनको फुर्सदको समय र नजिकिदै गरेको दशै, तिहारलाई लक्षित गरि हाम्रो नारा नै छनी `भिडभाड रहित दशै तिहार मनाऔ, सामाजिक दुरी कायम गर्दै टिकटकमा रमाऔ´

५) कोभिडको महामारी, मिडिया हाउसद्वारा टिकटक आयोजना, त्यसमा पनि राष्ट्रिय स्तरको भनिएको छ । यो सबै कुरालाई कसरी सम्बोधन गर्नुहुन्छ, यो प्रतियोगिताबाट समाज र राष्ट्रले के प्राप्त गर्नेछ?
धेरै कुरा जोड्नुभयो तपाईंले । कोभिडको कुरा अगि मैले भने । जहासम्म मिडिया हाउसको कुरा छ, हाम्रो मिडिया हाउसले समाजसँग जोडिने सबै विषयहरुलाई सँगसँगै अगि बढाउछौ । टिकटक पनि समाजसँग जोडिएको विषय र धेरैको चासोको विषय भएकाले मिडियाको पनि मनोरञ्जन बिधा अन्तर्गत यो कार्यक्रम गरिएको हो । हामीले बराहक्षेत्र लाई राष्ट्रिय स्तरमा चिनाउने संकल्पसहित अगि बढेका छौ । मैले अगि पनि भनेको थिए, हामी यसबाट नाफा भएमा सामाजिक कार्यमा खर्च गर्ने सोचमा छौ । नेपाली भाषामा मात्र हाम्रो भिडियो बन्छ । तपाईंलाई थाहा नै होला, अहिले धेरैले हिन्दी भाषामा टिकटक बनाइरहेका देखिन्छ यद्यपि मैले हिन्दी भाषालाई नराम्रो भन्न खोजेको चै हैन । हाम्रो प्रतियोगिताले नेपालीमा टिकटक बनाउन नजान्ने मान्छेले पनि बनाउन सिक्नेछन र हदसम्म नेपाली भाषा, संस्कार र संस्कृतिमा टेवा पुग्ने हामीले आशा लिएका छौ ।

६) र अन्त्यमा, प्रतियोगितामा नातावाद, कृपावाद, पैसावाद हावी हुदैन भनेर कसरी निश्चिन्त बनाउन सक्नुहुन्छ ?
हामीले प्रथम चरणमा भ्युजको आधारमा र तृतीय चरणमा पुगेपछि भोटको आधारमा बिजेता छनोट गर्ने गर्ने भएको हुँदा कुनै पनि किसिमको आक्षेप लाग्दैन।

प्रतिक्रिया दिनुहोस