• २०८१ माघ ११ गते शुक्रवार

कोरोनाबाट पाटन अस्पतालमा तीन जनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १४,ललितपुर । ललितपुरको पाटन अस्पतालमा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ललितपुर, रुपन्देही र महोत्तरीका रहेका छन् । अस्पतालका निर्देशक डा रवि शाक्यका अनुसार ललितपुरको पाटनका २९ वर्षीय पुरुषको मृत्यु भएको छ भने रुपन्देहीको भैरहवाका ५७ वर्षीय पुरुष र जलेश्वरकी ६२ वर्षीया महिलाको मृत्यु भएको हो ।


पाटनका युवकको गएराति १० बजे मृत्यु भएको थियो भने जलेश्वरकी महिलाको शनिबार दिउँसो २ बजे मृत्यु भएको थियो। यस्तै भैरहवाका पुरुषको पनि शनिबार साँझ ७ बजे मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस